शिक्षा केवल विद्यालयभित्र सीमित विषय होइन यसले सम्पूर्ण समाजलाई समेट्छ। बालविवाह, बालश्रम, जातीय विभेद, लैङ्गिक हिंसा र अन्य सामाजिक कुरीतिहरूको दीर्घकालीन समाधान शिक्षा प्रणालीमार्फत मात्र सम्भव हुन्छ।
शिक्षा तालिम केन्द्र, धुलिखेल र बागमती गाउँपालिकाको समन्वय तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो ।