काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘केही दिनमा कांग्रेसको अधिवेशन प्रारम्भ हुन्छ, असोज ३ र ४ गतेबाट वडा अधिवेशन हुन्छ। असोजको १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुन्छ। तिथिमिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाए। संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। महाधिवेशन १ घण्टा पनि सर्दैन। अलमल नपर्नुहोला ।’
महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित नगरेको जिकिर गर्दै सबैले भाग लिने विश्वास व्यक्त गरे। महाधिवेशनलगत्तै पार्टीपंक्ति जनतासँग सम्बन्ध जोड्न देश दौडाहमा निस्किने उनको भनाइ छ ।



सम्वन्धित समाचार
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली