धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोलिएसँगै १८ दिनपछि दुईतर्फी रूपमा कृष्णभीर खण्ड सञ्चालनमा आएको छ।
अविरल वर्षासँगै भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढी र पहिरोका कारण भासिएको पृथ्वीराजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा दुईतर्फी रूपमा सवारीसाधनहरू गुड्न थालेका छन् ।
भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध थियो ।
सडक पूर्ण रूपमा भासिएपछि ठप्प बनेको संघीय राजधानीको मुख्य प्रवेशद्वार सडक डिभिजन कार्यालय भरतपुर, निर्माण व्यवसायी, स्थानीय प्रशासन र प्राविधिक टोलीको निरन्तर प्रयासपछि पुनः सञ्चालनमा ल्याइएको हो।
२८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । त्यसपछि पनि नयाँ ट्र्याकलाई पूर्णता दिन निरन्तर काम गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय बुधबार गरेको थियो ।
लामो समयपछि सडक खण्ड खुलेका कारण बिहानैदेखि काठमाडौं भित्रिने र उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप देखिएको छ।
नागढुंगा–मुग्लिन सडक खण्ड ठप्प हुँदा उपत्यकामा खाद्यान्न, इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा असर परेको थियो भने यात्रुले सास्ती खेप्नुपरेको थियो।



सम्वन्धित समाचार
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा