शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’



-निराजन खड्का
भदौ १० गतेको त्यो बिहान, जब नीलो आकाशमुनि उर्लिएको पानीले घर मात्रै होइन, मानिसका भरोसा, स्मृति र भविष्यसमेत बगायो। त्यही त्रासदीको प्रतिध्वनि बनेर आएको छ डी. डी. पन्तको गीत—‘ए नदी ए हिमाल’।

घाम लागेको बिहान थियो। आकाश पनि नीलै थियो‘उक्त गीतका शुरुवाती बोल हुन् शब्दहरु। यी शब्दहरुले मानिसहरुको स्वाभाविक दैनिकी र प्रकृतिसँग उसको अन्तरक्रियाको पृष्ठभूमि दर्शाउँछ । मानिसहरू आफ्ना दैनिक काममा थिए। कसैका लागि त्यो रोजीरोटीको दिन थियो, कसैका लागि यात्राको, कसैका लागि परिवारसँगको सामान्य बिहान।

तर केहीबेरमै त्यो सामान्य दृष्य एकाएक क्षतविक्षत भएर च्यातियो।
२०८३ भदौ १० गतेको बिहान भोटेकोशी नदीमा आएको विनाशकारी हिमाली सुनामीु ले नेपालले पछिल्ला वर्षहरूमा देखेको सबैभन्दा भयावह मानवीय विपत्तिमध्ये एकको रूप लियो। नदी किनारका बस्ती, बजार, सडक, पुल, निर्माणस्थल र मानिसका वर्षौंका श्रम एकैछिनमा माटो, ढुंगा, पानी र भग्नावशेषको कथा बने। भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म बगेको विपत्तिले आफ्नो बाटोमा विध्वंशसँगै हजारौँको अकाल मृत्यु र बेपत्ताको कहालीलाग्दो कथा छोडेर गयो।

दिन बित्दै जाँदा विपत्तिको आकार झन् भयावह हुँदै गयो। नेपाल प्रहरीका अनुसार भदौ २५ गते बिहानसम्म १ हजार ३ सय ७२ जनाको शव फेला परिसकेको थियो। शवको पहिचानका लागि डीएनए नमुना संकलन भइरहेका थिएस कैयौँ परिवार अझै आफ्ना आफन्तको खबरको प्रतीक्षामा थिए।
तर विपत्तिको सबैभन्दा ठूलो संख्या सायद तथ्यांकमा अटाउन पनि सक्दैन ।
त्यो संख्या हो—अचानक हराएका सपनाहरूको।
यही हराएका सपनाहरूको आवाज बनेर आएको छ डी। डी। पन्तको नयाँ गीत ‘ए नदी ए हिमाल’।
गीत सुरु हुन्छ एउटा प्रश्नबाट—
‘ए नदी ए हिमाल
यो कस्तो पागलपन देखायौ ?’
यो केवल नदीलाई गरिएको प्रश्न होओइन। लाग्छ, यो प्रकृतिलाई बुझ्न नसकेको मानिसको प्रश्न हो। अनि विपत्तिको कारण खोजिरहेको आम समाजको प्रश्न हो।
प्राविधिक अर्थमा शायद यो जलवायु संकट, अनियन्त्रित विकास र मानवीय लोभतर्फ फर्किएको प्रश्न हो। र अन्ततः हामीले प्रकृतिसँग के गरिरहेका छौँरु भन्ने भावमा आफैँसँग गरिएको प्रश्न पनि हो ।
गीतका शब्दहरूमा भोटेकोशीको त्यो बिहान विस्तारै खुल्दै जान्छ।
‘घाम लागेको
बिहान थियो,
आकाश पनि त नीलै थियो
अचानक तिमी कहाँबाट आयौ,
उर्लेर त्यसरी सर्वस्व बगायौ।’
विपत्तिको कहर र भयावहपन यही विरोधाभासमा लुकेको देखिन्छ।
आकाश सामान्य थियो, तर जमिन सामान्य रहेन। बिहान सामान्य थियो, तर केही क्षणपछि जीवन सामान्य रहेन। नदी, जुन वर्षौंदेखि मानिसका लागि बाटो, पानी, ऊर्जा, पर्यटन र जीवनको स्रोत थियो, अचानक मृत्युको अकल्पनीय प्रवाह बन्यो। विषाद र विस्मातको सँगम बन्यो।
र त गीतले विनाशको कथालाई केवल घर तथा संरचना भत्किएको घटनाका रूपमा हेर्दैन।
‘लाखौँ सपना थिए ती किनारहरूमा
टेक्ने लौरा थिए ती खोला बगरमा।’
गीतका यी पंक्तिले बाढीलाई भूगोलबाट मानव जीवनमा सार्छन्।
हुन पनि किनारमा घर मात्र थिएनन्। त्यहाँ मान्छेहरुका अनगिन्ती योजना थिए। पुस्ताका विगत थिए अनि सन्तानका भविष्य थिए। ऋण काढेर ठड्याएका घर थिए। गरिखाने व्यवसायका खातका खात वासलातहरु थिए। स्कुल जाने बाटो थियो। आमाबुबाको बुढेसकाल थियो।
परदेशबाट फर्कने छोराको प्रतीक्षा थियो।
अर्थात्, नदीले बगाएको केवल विगत र वर्तमान मात्र थिएन— मानिसको भविष्य पनि थियो।
त्यसैले गीतको अर्को बोल अझ गहिरो हुन्छ—
‘उछिट्याइदियौ सपनाहरू
पुरिदियौ आशाहरू
गुमनाम गरायौ मुटुहरू
फटायौ उभिने धर्ती पनि।’
भोटेकोशी विपत्तिपछि शव खोज्ने दृश्यहरू नेपालले लामो समयसम्म बिर्सन नसक्ने दृश्य बने। पीडा पनि किस्ताबन्दीजस्तो । कतिपय परिवारका लागि शोकको सुरुवात विस्मात, ऐँठन, संशय हुँदै चिन्तातिर बढ्दै गयो। एकछिन अघिसम्म ज्यूँदो जाग्दो मान्छे एकैछिनमा अलप हुँदाको खबर जति अपत्यारिलो छ त्यत्तिकै अप्रशोधनीय पनि । त्यसैले आफन्तीहरुले आफ्नो चिन्तालाई शोकमा बदल्न पनि शब भेटाउनुपर्ने अर्को पीडामा बाँच्नुपर्यो । कतिपयले नाम खोजे, कतिपयले अनुहार खोजे, कतिपयले एउटा सानो चिनारी खोजे। पहिचान हुन नसकेका शव र बेपत्ता मानिसहरूको लामो सूचीले विपत्तिको मानवीय गहिराइ अझ भयावह बनायो।
त्यसैले पन्त लेख्छन्—
‘कसरी सुनाऊँ खै पीडाको हिसाब
नामहरू खोजीसाध्य छैन।’
यो पंक्ति शोकको एउटा असह्य अवस्थाको अभिव्यक्ति हो—जहाँ मृत्युको हिसाब राख्न पनि भाषा अपर्याप्त हुन्छ।
तर ‘ए नदी ए हिमाल’ केवल शोकगीत होइन।
यसमा प्रश्न छ। आक्रोश छ। र त्यो आक्रोश प्रकृतिसँगभन्दा बढी मानिससँग छ। गीत अगाडि सोध्छ(
‘कसले आकाश बिगार्‍योरु
कसले ऋतुको लय भत्कायोरु
कसले तिम्रा मौनतामा
नाफाको व्यापार गरायोरु’
गीत यहीँ आएर व्यक्तिगत विपत्तिबाट सार्वजनिक बहसतर्फ मोडिन्छ।
जलवायु परिवर्तन, हिमाली क्षेत्रको अस्थिरता, विपद् जोखिम, नदी किनारको अव्यवस्थित विकास र वातावरणीय संवेदनशीलतामाथि उठिरहेका प्रश्नहरू अब केवल वैज्ञानिक वा ‌औपचारिक प्रतिवेदनका विषय रहेनन्। ती नेपाली परिवारका भान्सामा, शोकसभामा र हराइरहेका आफन्तको प्रतीक्षामा बसेका आँखामा पुगेका प्रश्न हुन्।
भोटेकोशीको विपत्तिले एउटा अर्को विडम्बना पनि देखायो।
मानिसले पहाड फोडेर सुरुङ बनायो। अँध्यारो पहाडभित्रबाट उज्यालो निकाल्ने सपना देख्यो।
ऊर्जा, सडक र विकासका लागि प्रकृतिको भित्री संरचनासम्म पुग्यो।
तर गीत भन्छ—
‘पहरो फोडी सुरुङ खन्यौँ हामीले
भाग्य फोडी भ्वाङ बनायौ तिमीले।’
यहाँ ‘सुरुङ’ केवल भौतिक संरचना होइन। यो आधुनिक विकासको प्रतीक हो। मानवीय प्रयत्नको र स्वाभिमानको विम्ब पनि हो।
र ‘भ्वाङ’रु शायद हाम्रो विकास र प्रकृतिबीचको सम्भावित दरार हो। प्रकृति र मानवीय शक्तिबीचको विरोधाभास पनि हो। गीतले केही गम्भिर प्रश्नहरु उपर आत्ममन्थनका लागि आव्हान पनि गरेको छ ।
हामीले उज्यालो खोज्दा कतै अँध्यारोको जोखिम त बढाइरहेका छैनौँरु
हामीले नदीबाट ऊर्जा निकाल्दा नदीको स्वभाव नबुझिरहेका त छैनौँरु
हामीले हिमाल र पहाडलाई समृद्धिको साधनका रुपमा मात्र त दोहन गरिरहेका छैनौँरु
गीतले यी प्रश्नको फैसला सुनाउँदैन। प्रश्न खुलै रहन्छ।
‘हाम्रो आशा उज्यालोको थियो
तिम्रो नियत अँध्यारोको गीत देखियो।’
गीतमा अर्को एउटा दुर्बोध्य आरोप पनि छ । यसमा ‘तिम्रो’ कसलाई भनिएको होरु
नदीलाईरु
हिमाललाई ?
प्रकृतिलाई ?
कि प्रकृतिमाथि आफ्नो अधिकार ठान्ने मानिसलाई ?
सायद गीतको शक्ति यही अस्पष्टतामा छ।
किनकि विपत्तिपछि मानिसले प्रकृतिलाई दोष दिन सक्छ। तर त्यही प्रकृतिको बदलिँदो व्यवहारमा मानवीय गतिविधिको भूमिका के थियो भन्ने प्रश्नबाट उम्कन पनि सकिँदैन।
अन्तिमतिर गीत अझ कठोर हुन्छ—
‘कसका लोभ र कसका गल्ती थिए,
विनासित्ती निर्धासँग रिसाएर आयौ ?’
यो प्रश्न एउटा बाढीको मात्र होइन। यो हाम्रो विकासको मोडलमाथिको प्रश्न हो। प्रकृतिलाई एकतमास दोहन गरिरहने स्वार्थी शक्तिकेन्द्रहरुप्रतिको रोष हो। कारण र कारकको निरुपण हुनुपर्ने न्यायको आवाज हो यो । साथै विपद् आउनुअघि गरिने तयारीमाथिको प्रश्न पनि हो। जोखिमको भूगोल बुझ्ने हाम्रो क्षमतामाथिको प्रश्न हो। र सबैभन्दा बढी—विपद्लाई केवल ‘दैवी प्रकोप’ भनेर पन्छाएर आफ्नो जिम्मेवारीबाट उम्किने प्रवृत्तिमाथिको प्रश्न हो।
आलो रगत पिएर मात्तिएकी भोटेकोशी साम्य भएकी छिन् अब ।
तर मान्छेहरुका पीडा उस्तै छन् ।
कतिपय परिवारले भेटिएकाहरुको अन्तिम संस्कार गरे। कतिपयले कुशकाँशको सहारा लिए। कति अझै कुराइमै छन्। कतिपयले डीएनए नमुना दिए। कतिपय अझै बेपत्ताको नाम लिएर बसिरहेका छन्। भदौ २३ सम्म ल्म्च्च्ःब् ले १,३५७ शव फेला परेको र करिब ५,३२६ मानिस सम्पर्कविहीन रहेको जनाएको थियो।
त्यसैले गीतको अन्तिम प्रश्न झन् मार्मिक लाग्छ—
‘भविष्य गयो भेलसँगै, स्मृति रह्यो खोँचतिर
बाँचे पनि मरेतुल्य भो, कसरी खै तंग्रिउँला र ?’
यहीँनेर यो बोल एउटा गीतबाट माथि उठेर विपत्तिको सामूहिक स्मृतिको दस्तावेज बन्न पुगेको छ।
गीतका रचयिता डी। डी। पन्त पेशाले राष्ट्रसंघीय कर्मचारी हुन् । सुभाष पन्तले सम्पादन गरेको भिडियोमा गीतका दृश्यहरू पत्रकार निराजन खड्काका हुन् भने गीतको स्वर र संगीत क्गलय।अयm मार्फत तयार गरिएको गीतकार पन्तले बताएका छन्।

प्रविधिले बनाएको आवाज र मानवीय पीडाबाट जन्मिएका शब्दको यो संयोजन आफैँमा आजको समयको एउटा घटनाप्रधान दस्तावेज बन्न गएको छ। गीतको केन्द्रमा प्रविधि छैन। केन्द्रमा प्रकृति र मान्छेको सम्बन्धको कथा छ। विपद सिर्जित मानवीय नियतिको पाठ छ।

भोटेकोशीले हामीहरूलाई एउटा कठोर पाठ सिकाएर गयो—प्रकृतिलाई जित्ने होइन, बुझ्ने समय आएको छ। कसैसँग रिसाएर वा दोष देखाएर परिस्थिति फेरिने पनि छैन।
तर मानिसले आफ्नो विकासको बाटो, आफ्नो लोभ, आफ्नो तयारी र आफ्नो जिम्मेवारीबारे प्रश्न गर्न भने सक्छ।

त्यसैले ‘ए नदी ए हिमाल’ को सबैभन्दा ठूलो शक्ति शायद यसको संगीतमा होइन, यसले हामी स्वयमलाई असहज बनाउने कयौँ अनुत्तरित प्रश्नहरुमा निहित छ।
भोटेकोशीको बाढीले धेरै कुरा बगाएर लग्यो। तर प्रश्नहरू भने छोडेर गयो।
सायद अब ती प्रश्नहरूलाई बग्न नदिने जिम्मेवारी हाम्रो हो।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.