काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन्।
सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ।



सम्वन्धित समाचार
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची