काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि हिंसा, अराजकता र दण्डहीनताको अन्त्य हुनु पर्ने बताएका छन् ।
भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको २४ भदौलाई कहाली लाग्दो विध्वंस भएको दिनको रूपमा स्मरण गरेका छन् ।
यसलाई एमाले अध्यक्ष ओलीले विध्वंस भनेका हुन् ।
दु:खद दिनको एक वर्ष पूरा भएको भन्दै उनले , ‘सबैभन्दा पहिले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा जीवन गुमाउनुहुने नवयुवाहरू र कर्तव्यपालनका क्रममा आपराधिक तत्वहरूको आक्रमणमा मारिनुभएका प्रहरी जवानहरूप्रति नेकपा एमाले र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
अझै उपचारको क्रममा रहेका घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । त्यस कहालीलाग्दो विध्वंसपछि पुर्नउथ्थानको प्रयासमा रहनुभएका व्यवसायी एवं महानुभावहरूमा सुभेच्छा व्यक्त गर्दछु ।
अध्यक्ष ओलीका अनुसार लोकतन्त्रमा नागरिकले आफ्नो अपेक्षा, असन्तुष्टि र मागहरू शान्तिपूर्ण रुपमा राख्नु स्वभाविक हो । नेपालको संविधानले वाक स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको छ ।
‘तर गत वर्ष नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुरपैठ गरी आपराधिक समूहहरूले योजनाबद्ध रुपमा हिंसा भड्काए’
अध्यक्ष ओलीले भनेका छन्, ‘संसद् भवनमा आक्रमण गर्दै दुरुत्साहन गरे । नवयुवाहरूलाई षडयन्त्रपूर्वक घेरेर संसद् भवन अगाडि लगियो र छ्दम ढंगले कसैले गोली चलायो ।’
यसक्रममा १७ जनाको अमूल्य जीवन त्यहीँ अन्त्य भएको उनले स्मरण गरे ।
‘शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दु:खद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उदेश्य बेग्लै रहेको भन्दै’
उनले भने, ‘भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरवार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयहरू र निजी सार्वजनिक सम्पति लगायतमाथि जुन स्तरको तोडफोड, लुटपाट, आगजनी र मानवीय क्षति गरियो । त्यो अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र थिएन ।’



सम्वन्धित समाचार
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने