उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुने भएका छन् ।

गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी-४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन् ।

साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए।

प्रधानमन्त्रीको सचिवालय स्रोतले दीपकलाई नियुक्तिको तयारी भएको बताएको छ ।

उनको शपथ साढे ५ बजेलाई तयसमेत भइसकेको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.