काठमाडौं । भारतमा गाडीको ठक्करबाट मालिकार्जुन गाँउपालिकामा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।
मालिकार्जुन गाउपालिका(५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको आइतबार मृत्यु भएको मालिकार्जुन गाँउपालिकाले जनाएको छ ।
मालिकार्जुन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाका अनुसार भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन जाँदैगरेका अवस्थीको लखनऊमा गाडीले ठक्कर दिएर मृत्यु भएको हो । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भइ अस्पताल लगेका अवस्थीलाई डाक्टरले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ ।
गाउपालिकाको उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएपछि सोमबार गाँउपालिकामा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले जानकारी दिनुभयो ।



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च