काठमाडौं । भारतमा गाडीको ठक्करबाट मालिकार्जुन गाँउपालिकामा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।
मालिकार्जुन गाउपालिका(५ डाडाकोट निवासी गाँउपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको आइतबार मृत्यु भएको मालिकार्जुन गाँउपालिकाले जनाएको छ ।
मालिकार्जुन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाका अनुसार भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन जाँदैगरेका अवस्थीको लखनऊमा गाडीले ठक्कर दिएर मृत्यु भएको हो । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भइ अस्पताल लगेका अवस्थीलाई डाक्टरले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ ।
गाउपालिकाको उद्यम विकास शाखा प्रमुख अवस्थीको मृत्यु भएपछि सोमबार गाँउपालिकामा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले जानकारी दिनुभयो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै