काठमाण्डौ। मोरङको रंगेली नगरपालिकामा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। आज बिहान पौन ३ बजेतिर युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको पाइएको छ । मुकेश बेलुका धनपट्टीस्थित ससुराली पुगेका थिए । त्यहाँ उनले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए ।
श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै