काठमाडौँ । फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन लागु भएको एकीकृत सुरक्षा योजना अनुरूप आजदेखि सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन भएको हो । यसका लागि सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ ।
२१ फागुनमा हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालन भएको हो ।
निर्वाच्नमा प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने छन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ ।
नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ । सेना १ सय ६५ निर्वाचन क्षेत्रमा आजदेखि परिचालित भएको छ ।
यस्तै सेनाले निर्वाचन भाड्न खोज्ने समूहले बमलगायत बिस्फोटक पदार्थ प्रयोग गर्नसक्ने जोखिमलाई ध्यानमा राखेर बम डिस्पोजल टोली पनि तैनाथ राखेको बताएको छ । त्यस्ता टोली अति संवेदनशील मतदानस्थल भएका क्षेत्रमा ‘अलर्ट’मा राखिएको छ ।



सम्वन्धित समाचार
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु