कास्की– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र आफूसँगै जेलमा बसेको उद्घोष गरेका हुन् । नेपाली कांग्रेसले पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ओलीको प्रशंसा गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो,‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उहाँले भन्रु, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’
उहाँले कांग्रेस र एमालेको सरकार राजनीतिक स्थायित्वको लागि भएको समेत बताउनु भयो । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबिच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ उहाँले भन्नुभयो, ‘कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।’
सम्वन्धित समाचार
शिक्षा ऐनका लागि महासंघले २ साउनसम्म कुर्ने, पास नभए आन्दोलनमा जाने
सार्वजनिक निकायको सबै भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्नु: अर्थ मन्त्रालय
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
शिक्षामा एआईको प्रयोग: नेपालको शैक्षिक भविष्यका लागि एक महत्वपूर्ण आवश्यकता
थुलुङ दुधकोसीद्वारा रीड नेपाललाई सम्मान
नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष