काठमाडौं– सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कायम भएको थियो ।



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च