काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड् बीचको एकदिवसीय शृंखलाको अन्तिम खेल आज खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।
नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो । हालसम्म शृंखलामा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबारको खेलमा भने कीर्तिमानी जितबाट चुकेको थियो ।
यस शृंखलामा नेदरल्याण्ड्सले भने जित निकाल्न बाँकी नै छ । नेपाल र स्कटल्याण्डसँग १-१ खेल खेलेको नेदरल्याण्ड्स दुवै खेलमा पराजित भएको छ ।
नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।
हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।
लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएल: आज दुई खेल हुँदै