काठमाडौं । संसदीय समितिबाट हिजो पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना सबै माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले ११ गतेदेखि विधेयकको विरोधमा देशभर सडक आन्दोलन सुरू गर्ने जनाएको हो ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।
भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । ।
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।
भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका नेताहरुले बताएका छन् ।
महासङ्घले शिक्षा समितिबाट पारित भएको विधेयक आफूहरूको असन्तुष्टिको बाबजुद पारित गरेको आरोप लगाएको छ । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ।
मुख्य विषय हल नभएको बताउँदै उनले आफूहरूले राखेको मुद्दा संशोधन हुनेमा आशावादी रहेको उनले बताइन् । उनले फेरि यो सरकारले आन्दोलन गर्न बाध्य बनाएको उनको आरोप छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै