कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।

विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ। नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।

बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ। मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन्। नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।

एमालेसँग मन्त्रालय बाँडफाँटबारे छलफल टुंगोमा नपुग्दै मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव अघि बढाएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको हो।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए।

कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन्।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.