काठमाडौं–काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मकवानपुर हेटौँडाका रविन राई र उदयपुरका भीम बहादुर घले रहेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । अन्य घाइतेहरुको उपचार जारी रहेको छ ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ