काठमाडौं–काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मकवानपुर हेटौँडाका रविन राई र उदयपुरका भीम बहादुर घले रहेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । अन्य घाइतेहरुको उपचार जारी रहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै