काठमाडौं– अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलरको शैलीमा कवाडीमाथि डोजर चलाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको बताए । उनले बालेनलाई च्यालेज गर्दै भने, ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?’
उनले गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी गरे ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ