काठमाडौं– अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलरको शैलीमा कवाडीमाथि डोजर चलाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको बताए । उनले बालेनलाई च्यालेज गर्दै भने, ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?’
उनले गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी गरे ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै