यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवा आमालाई सुनाउन पाइनन्”भिडियो सहित)



मिन बहादुर खड्का काठमाडौं : बाजुराको त्रीवेणी नगरपालिका २ सिम्लाकी २१ वर्षीय वोदित गायीका चन्द्रा न्यौपानेको हिजो (सोमबार) कर्णाली छल्किजा” नामक गीत बजारमा सार्वजनिक भयो।

भनिन्छ जसकाे सहारा काेही हुदैन, उसकाे सहारा भगवान हुन्छ । यस्तै अभाव नै अभावको जीवन बाँचीरहेकी चन्द्राको कलाकारिता प्रतिको लगाब र गायिका बन्ने हुटहुटीले उनको पहिलो सांगीतिक प्रस्तुती बजारमा आयो। उनले गरेको संघर्षलाई शब्दमा बयान गर्न सकिदैन । उनी कयौं दुखका पहाडहरुलाई छिचोल्दै गीत गाउने सपना पूरा गर्न सफल भएकी छन् ।

यीनै न्यौपाने जसले आज भन्दा ६ वर्ष अगाडी आफ्ना बुवा गुमाईसकेकी थिइन् । सानै देखी कलाकार बन्ने धोको भएकी न्यौपानेको आवाज सुनौ सुनौ लाग्ने छ। न्यौपानेको यो पहिलो गीत हो।  सुदूरपश्चिमका देउडा गीतका राजा भनेर चिनिने देउडा गायक प्रकाश थापाले स्वरमा साथ दिएको यो गीतको शब्द रचना गीतकार एवम् साहित्यका राजेन्द्र शाह (बिपी)ले गरेका हुन् भने लय प्रकाश थापा स्व्यमको रहेको छ ।

गीतमा एजेन्ज बिनोद बाजुरालीको छ भने गीतका निर्देशक भिम थापा हुन् । पहिलो गीतबाटै उनले धेरैको माया र आशिर्वाद पाइरहेकी छन् । यो गीत गीतकार एवम् साहित्यकार राजेन्द्र शाह (बिपी) र गायक प्रकाश थापाको विशेष सहयोगमा बनेको हो। बजारमा गीत सार्वजनिक भैसकेपछि धेरैले न्यौपानेको स्वरको प्रसंशा गरिरहेका छन् । गायक प्रकाश थापा र गीतकार एवम् साहित्यका राजेन्द्र शाह (बिपी) संगको पहिलो सहकार्यले उनको कलाकारिता क्षेत्र थप उज्ज्वल बन्दै जाने संकेत पनि हो।

गीतमा  सुन्दा आवाज निकै मिठो सुनिए जस्तो  न्यौपानेको विगत भने छैन। उनको विगत निकै नमिठो छ। उनको काँहालिलाग्दो विगतले सम्भवत सबैलाई बिक्षिप्त बनाउन्छ ।१३ वर्षकी हुँदा बुवा गुमाएकी चन्द्रा ठाडी भाका गीत गाउँन बढी रुचाउँने भएपनी उनले सांगेतिक जीवनको सुरुवात भने देउडा गीत बाट गरेकी छन्।

सानैमा बुवा गुमाउदा चन्द्रा लगायत उनका भाईबहिनीको बाल्यका निकै दु:खद बित्यो। बुवाको मृत्यु पछि घरको सबै जिम्मेवारी आमाको काँधमा थपियो। श्रीमानको मृत्यु पछि टुहुरा छोराछोरीको हेरचाह मात्रै होईन सिङ्गो परिवारको जिम्मेवारी उनकी आमाको काँधमा थियो । जिम्मेवारी बहन गर्नुको अर्को विकल्प थिएन । कुटो कोदालो गरेर छोराछोरी हुर्काईन् ।

चन्द्राका बाल्यकाल देखीका दु:खका श्रृंखला:

बुवाको मृत्यु पछि चन्द्राका भाईबहिनीले अभावको जिन्दगी झेल्नुपर्यो। आमाको कमाईले मात्रै परिवार धान्न सक्ने स्थिती थिएन । उसो त ठाडी भाका गीत बढी गाउँन रुचाउने उनको गीत गाउँने र गायीका बन्ने बच्चै देखीको धोको थियो। तर धोकोले मात्रै पुग्ने स्थिति थिएन। अन्य बिधाका गीतहरू समेत सानै देखी गुनगुनाउने उनले लामो समय सम्म आफ्नो प्रतिभा लुकाएर बसिन्। यो उनको रहर थिएन बाध्यता थियो।

उनले आफ्नो पारिवारिक अवस्थालाई मध्यनजर गर्दै  गायीका बन्ने बाल्यकाल देखीको रहर रहरमै सिमित राखेकी थिइन् ।सानैदेखि उनलाई गीत गाउँदा आवाज सुनेका जतीले भने तिम्रो कलाकारिता क्षेत्रमा राम्रो भविष्य छ भन्दै  गायनलाइ निरन्तरता दिन सुझाव दिएको न्यौपाने अहिले सम्झिन्छीन् ।  सानैदेखी गीत गाउँने र गायीका बन्ने योजना  बुनेकी चन्द्राले आफ्नी आमालाई समेत म कलाकार बन्छु भनेर भनेकी थिइनन्।

चन्द्राका स्वर्गीय बुवा भन्थे,”छोरी तिमी गायिका बन्नुपर्छ “

चन्द्राको विगत यति धेरै पीडा दायी छ । ताकी उनी अहिले विगत सम्झिदा छिनमै भावुक हुन्छिन्।उनले आफू भित्रको प्रतिभा लुकाएर  बसेकै कारण धेरैलाई त उनी गीत गाउँन्छन् भन्ने कुरा समेत थाहा थिएन। धेरैले त अहिले बजारमा गीत सार्वजनिक भएपछि थाहा पाएको चन्द्रा सुनाउन्छीन् ।

गीत सार्वजनिक पछि  उनलाई बधाई दिइरहेका छन् भने सांगीतिक उज्ज्वल भविष्यको कामना पनि गरिरहेका छन् ।गाउँमा उनको ६ जनाको परिवार थियो । बुवा राजनीति पनि गर्थे, राजनीति जीवन संगै समाजिक कार्यमा पनि सक्रीय थिए उनका बुवा महारुद्र ! गीत संगीत भनेपछि हुरुक्कै हुने उनका बुवा कलाकारलाई  असाााध्यै माया गर्‍‍‍थे।

चन्द्राका एक दाई एक बहिनि र एक भाई छन् । दाई बाथरोगले ग्रसित थिए । तत्कालीन समयमा सुखी र खुसी थियो चन्द्राको परिवार! आमाले पनि सस्थाका जागिरगर्थिन्।

तर मानिसको जिन्दगी सधैं कहाँ एकनासो हुन्थ्यो र ? चन्द्राको परिवारको त्यो खुसी लामो समय सम्म टिक्न सकेन ।  २०७५ साल श्रावण २ गते चन्द्राको  खुसीमा कालो बादल मदारियो। सोही दिन उनका बुवा स्वर्गीय महारुद्र न्यौपानेको  मृत्यु भयो । त्यो दिन उनको जिन्दगीको पहिलो र सबभन्दा ठूलो बज्रपात थियो । उनको सिङ्गो परिवारको खुसी दैबले लुट्यो।

चन्द्रा अहिले पनि त्यो दिन सम्झिन चाहानन्। चन्द्राले सोही दिनबाट बुवा मात्रै गुमाइनन्, बुवाको माया, परिवाको खुसी, आफ्नो र भाई बहिनीको उज्ज्वल भबिस्य गुमाइन्। सबैथोक गुमाईन्।चन्द्राले सुनाइन् , “कुनै बेला निकै खुसी थियौं हामी, सुखी थियो हाम्रो परिवार, एक्कासि हाम्रो परिवारमाथी ठुलो बज्रपात आइलाग्यो,हाम्रो परिवारको खुसी खोसियो।

बुवाको मृत्यु पछि कलाकार बन्ने रहर मन भित्रै गुमनाम गरिन्  उनले ।चन्द्रा विगत सम्झिदै भन्छिन् “घरको पारिवारिक अवस्था नाजुक थियो, आमाको कमाईले घर खर्च धान्नै मुस्किल हुन्थ्यो,  मलाई गीत गाउँनका लागि आमाले कहाँ बाट पैसा ल्याउनुहुन्छ? भनेर आमालाई भनेकी थिइन् ”

“बुवाको मृत्यु पछि कमाउने मान्छे कोही थिएनन् दाई अहिले पनि अशक्त हुनुहुन्छ, पैसा नहुँदा उपचार गर्न सकेका छैनौं, गायीका बन्ने चाँहाना त छ सानैदेखीको हो, तर मैले चाँहादैमा कहाँ हुन्थ्यो र  ? उनले थपिन् ।

बुबाको मृत्यु हुँदा चन्द्रा मात्रै १३ वर्षकी थिइन् । दाई २२ वर्षीय खेमराज न्यौपाने बाथरोगले ग्रसित थिए। एक पटक उपचारका लागि उनका बुवाले काठमाडौं सम्म पुर्याए। अस्पतालले केही समयका लागि औसधि दिएर फेरि आउँन भनेर घर फर्कायो।उनकी बहिनी कल्पना न्यौपाने सानै थिइन् । अहिले ११ वर्षीय अर्जुन न्यौपाने पाँच वर्षका थिए।

चार भाई बहिनीलाई टुहुरा बनाएर गएपछि उनको परिवारको बिचल्ली भयो । त्यसपछि चन्द्राको परिवारले सुखको सास फेर्न पाएको छैन । उनको घर परिवारमा त्यसपछि कहिँले खुसी छाएको छैन । चन्द्रा सुनाउन्छीन् “बुवाले छोडेपछि खुसी के हो थाहा छैन, चाडपर्व पनि चाडपर्व जस्तो लाग्दैनन् । मिठो मसिनो खाने नौलो लगाउने कुरा त टाढाको कुरा हो, चाडपर्वमा बुवाको यादले झन सताउन्छ, रुदै बित्छन् हरेक वर्षाका तिहारहरु”

उनका बुवा स्वर्गीय महारुद्र न्यौपानेको उनलाई गायीका बनाउने धोको थियो । “मलाई गीत गाउँनुपर्छ, तिमीलाई म जसरी भएपनी गायीका बनाउन्छु, पढाई संगै गीत गाउँन नछाड, मिहिनेत गर्दै जाउ” उनका बुवाले भनेको उनी विगत स्मरण गर्छिन् । बुवाले भनेका यी अभिव्यक्तिले उनलाई पटकपटक पिरोलीरहन्छ, घोचिरहन्छ र सोच्न बाध्य बनाउन्छ,बुवा साथमा नरहेपनी बुवाको सपना मैले पूरा गर्नुपर्छ ।

कसैले गीत गाउँ तिम्रो आवाज मिठो छ भन्दा उनी अहिले पनि बुवा सम्झिदै भकानिन्छन् । बुवाको निधन भएपछि उनको गायीका बन्ने सपना पनि बुवा हराए जस्तै हरायो। चन्द्राका अनुसार दाई खेमराजको उपचार गर्न तीन दिनपछि काठमाडौं जाने तयारीमा थिए स्वर्गीय महारुद्र न्यौपाने ।
उनी आफै पनि बिरामी थिए।

तीन दिन पछि  छोराको पनि उपचार गर्ने र आफ्नो पनि उपचार गर्ने गरि काठमाडौं जाने तयारीमा रहेका उनी भएको तीन दिन अघि एक्कासि हृदय घाट भएर संधैका लागि अस्ताए, छोरीलाई गायीका बनाउने र छोराको उपचार गर्ने योजना अधुरै रह्यो । उनी आफै हराए ।चन्द्राका दाई खेमराज अहिले पनि अशक्त छन् ।  काम गर्न सक्दैनन्। आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेको छैन।

सस्थामा जागीर गरिरहेकी उनकी आमाले श्रीमानको मृत्यु पछि जागिर बाट हात धुनु पर्यो। त्यसपछि उनी गाउँमै रहेको बिद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिइन् । यतिमात्रै होइन कार्यालय सहयोगीको काम संगै खेतीपाती गरेर छोराछोरी पाल्दै आएकी थिइन् ।

आमाको पनि निधन, चन्द्राका भाईबहिनी बिचल्लीमा

१३ वर्षको उमेर देखी चन्द्राको जिन्दगीमा सुरु भएको दुखको श्रृंखला झन झन उकालो लाग्दै गयो। सम्भवत उनी कहिँले पीडा बाट मुक्त हुन पाइनन् । एक पछि अर्को बज्रपातले चन्द्राका भाईबहीनीलाई घेरिरह्यो। गत वर्षको महाशिभरात्रीको दिनमा चन्द्राको जिन्दगीमा अर्को बज्रापात आइलाग्यो।
सोही दिन बाल्यकालमै  बुवा गुमाएकी चन्द्राले आमा पनि गुमाइन् ।

बुवाको मृत्यु पछि मन बुझाउने आमा थिइन्।  जो अहिले छैनन् । आमा बुवा गुमाउनुको पिडा कति  सहि नसक्नु हुन्छ त्यो स्वयम् भोग्नेलाई थाहा हुन्छ।सानो उमेर देखि नै कलाकार बन्ने योजना बुनेकी चन्द्राले बुवाको मृत्यु पछि कलकार बन्छु भन्ने आँट गरेकी थिइनन्।तर  करिब एक वर्ष अगाडी मात्रै उनले आमालाई आफ्नो कलाकार बन्ने धोको रहेको सुनाएकी थिइन् ।

“बजारमा गीत रेकर्ड गर्छु भनेपछि आमाले पनि नाइँ भन्न सक्नु भएन, आमाले ऋण खोज्नुभयो,आमाकै सहयोगले यो गीत रेकर्ड गरेकी थिए,तर अहिले आमा नै साथमा हुनुहुन्न, अहिले यो गीत सुन्न पाए आमा बुवा कति खुसी हुन्थे होलान् ” चन्द्राले भनिनन्

बुवा आमा गुमाएकी चन्द्राको काँधमा अहिले घरको पुरै जिम्मेवारी छ। सानैमा बुवा गुमाईन् गत वर्ष आमा गुमाईन् । आमा बुवा गुमाउनु भनेको सबथोक गुमाउनु सरह हो । उनले अब गुमाउन बाँकी त्यहीँ सास छ । तर उनले हिम्मत हारेकी छैनन् । पटकपटक अनगिन्ती चोट  पाएकी चन्द्राले जीवन संग भने हारेकी छैनन्।बरु थप हिम्मत जुटाएर अहिले आफ्ना टुहुरा भाईबहीनीको अभिभावकको जिम्मेवारी बहन गरिरहेकी छन् । चन्द्रा एक संघर्षको प्रायबाची हुन् भन्दा फरक पर्दैन होला ।

आमा जिवित हुँदा पनि आमाको मात्रै कमाईले बिहान बेलुका छाक टार्नै मुस्किल थियो। चार छोराछोरीको पालनपोषण, बिद्यालय पढाउने कुरा सम्भव थिएन। “कहिँले कापी कलम त कहिँले ड्रेस हुँदैन थियो, उनले नियमित बिद्यालय समेत जान पाईनन् । यस्ता कयौं अभावहरुले दैनिक उनलाई घेरिरहन्थ्यो। आमाको मृत्यु पछि उनको परिवारमा झन सन्नाटा छाएको छ।

बुवाको गायीका बनाउने सपना पूरा गर्नका लागि कलाकार नै बन्ने उनको धोको थियो । “बुवा हामी माझ नरहेपनी उहाँको सपना पुरा गर्ने सोचमा थिए,भनेजस्तो  सजिलो थिएन, आमाले मेरो कुरा काट्न नसकेर एउटा गीतको अडीयोका लागि लगानी गर्दिनु भएको थियो,मेरो सपना पूरा गर्न आमाले कति दुख गर्नुभयो तर मैले गीत सुनाउन पाईन” चन्द्राले भनिन्

गीत सार्वजनिक संगै  सकारात्मक प्रतिक्रिया :

गीत सुनेर अग्रज कलाकारहरुका सकारात्मक प्रतिक्रिया आइरहेका छन् । उनको स्वरको प्रसंशा गर्दै एवम् गीतकार एवम् साहित्यका राजेन्द्र शाह बिपी भन्छन् ” उनको कलाकारितामा उज्ज्वल भविष्य छ, पारिवारिक समस्या छ,उनलाई सहयोगको खाँचो छ, उनी आफ्नै लगानीले गीत संगीतमा टिक्ने अवस्था छैन, सकेसम्म यस्ता प्रतिभाहरुलाई उजागर गर्न  स्थानीय सरकारले पनि लगानी गर्दा राम्रो हुन्थ्यो, पहिलो गीतमा हामीले सहयोग गरेका छौँ, फेरि पनि गर्छौँ “

यस्तै गायक प्रकाश थापाले पनि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गीतमा सहकार्य गतेपनि चन्द्राको वास्तविकता बारे आफुलाई यस अघि जानकारी नभएको बताउदै थापा उनको विगतले निकै पीडा बोध भएको  र थप सहयोग गर्ने बताउन्छन् ।

यस्तै साहित्यकार समेत रहेका अधिवक्ता हर्क खडायतले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत सबैलाई सहयोग गर्न अपिल नै गरेका छन् ।

खडायतले गीत सुनिसकेपछि प्रतिक्रिया दिदै लेखेका छन् ”
म यी गायिकालाई निकै दुर्भागी गायिका ठान्छु”गीत असाध्यै मिठाे छ । उनकाे स्वरमा माैलिकता छ । उनलाई हामी सबैले साथ सहयाेग गरेर उनकाे भाग्य फर्काउनु पर्ने छ । हामी सबैले उनलाई माया गर्नु पर्ने छ । उनकाे याे गीतलाई सबैले सुनेर, हेरेर, शेयर गरेर अनि सक्नेले आर्थिक रूपमा समेत सहयाेग गरेर साथ दिनुहोला ।

सोमबार सार्वजनिक गीतको भिडियो गेर्न तलको भिडियो हेर्नुहोला :

 यो हो भिडियो 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.