प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन्।

आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन्।

सो क्रममा उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने उनको भनाइ थियो ।

काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने छोटो दुरीको यो मार्गलाई रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।

करिब ७१ किलोमिटर लामो यो द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.