काठमाडौं :संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेकाे बताएका छन्।
शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयाेजित नेपाल लाेकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगकाे छलफल एवम अन्तरक्रिया कार्यक्रममा बाेल्दै उक्त कुरा बताएका हुन्। उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनकाे विकास हुन दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयकाे काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे ।
मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताकाे विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिवद्व रहेकाे बताए। साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुककाे समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दाेहाेर्याए। पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचाेड सहितकाे सुझाव दिन समेत आग्रह गरे।



सम्वन्धित समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै