काठमाडौं– अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ।
न्यु जर्सीमा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६ औँ मिनेटमा बार्सिलोनाका विंगर टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।
लुइस डे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनले खेलको सुरुआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो। स्पेनले अर्जेन्टिनालाई १२० मिनेटको खेलमा दुईवटा मात्र प्रहार गर्न दिँदै लगातार दबाबमा राखेको थियो।
निर्धारित समय सकिनुअघि चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा दबाब बढाएको थियो।
खेल सकिएपछि पनि मैदानको अवस्था तनावपूर्ण बन्यो। लियान्द्रो परेडेसले गाभी र एरिक गार्सियालाई धकेलेपछि दुवै टोलीका खेलाडीबीच विवाद भएको थियो। उक्त घटनापछि परेडेसले समेत रातो कार्ड पाए।
उपाधि वितरण समारोहमा स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गरिएको थियो। रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भए।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी उपविजेताको पदक लिन जाँदा भावुक देखिएका थिए। उनको सम्मानमा रंगशालामा उपस्थित समर्थकहरूले ताली बजाएका थिए। तर, लगातार दोस्रोपटक विश्वकप जित्ने मेसी र अर्जेन्टिनाको सपना भने पूरा हुन सकेन।
यस जितसँगै स्पेनले यस अघि सन् २०१० पछि पहिलोपटक तथा समग्रमा दोस्रोपटक पुरुष विश्वकपको उपाधि जितेको हो।



सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा