काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो एकछत्र राज कायमै राखेको छ।
शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको छ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका लागि ईशान पाण्डेले निर्णायक प्रदर्शन गरे। उनले ३५ बलमा ५६ रनको विस्फोटक अर्धशतकीय पारी खेले। त्यस्तै, ओपनर विनोद भण्डारीले ४२ रनको महत्त्वपूर्ण योगदान दिए ।
जनकपुर बोल्ट्सको खराब प्रदर्शनको सिलसिला जारी छ। जारी प्रतियोगितामा जनकपुरको यो लगातार चौथो हार हो र टोली अझै जितविहीन छ।
जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने