एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो एकछत्र राज कायमै राखेको छ।

शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको छ।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका लागि ईशान पाण्डेले निर्णायक प्रदर्शन गरे। उनले ३५ बलमा ५६ रनको विस्फोटक अर्धशतकीय पारी खेले। त्यस्तै, ओपनर विनोद भण्डारीले ४२ रनको महत्त्वपूर्ण योगदान दिए ।

जनकपुर बोल्ट्सको खराब प्रदर्शनको सिलसिला जारी छ। जारी प्रतियोगितामा जनकपुरको यो लगातार चौथो हार हो र टोली अझै जितविहीन छ।

जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.