काठमाडौँ — सरकारले हाल दिइँदै आएका सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न एक विशेष कार्यदल गठन गरेको छ। सरकारका सचिवहरूको बैठकले दुई दिने सातान्त बिदा (शनिबार र आइतबार) लागु भएपछिको अवस्थालाई ध्यानमा राख्दै बिदाको समग्र व्यवस्थापन र पुनरावलोकन गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै उक्त निर्णय गरेको हो।
बिदा पुनरावलोकनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमको संयोजकमा गृहमन्त्रालयका सहसचिव रहने गरी गठन गरिएको छ । जस अन्तर्गत सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,प्रतिनिधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिनिधि र अर्थ मन्त्रालयका प्रतिनिधि रहने भएका छन् ।
गठित कार्यदललाई १५ दिनभित्र बिदा पुनरावलोकनसम्बन्धी अध्ययन तथा सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालयसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलको प्रतिवेदनका आधारमा सरकारले आगामी सार्वजनिक बिदाहरूबारे आवश्यक परिमार्जन तथा निर्णय लिनेछ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित