काठमाण्डौ । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासोसँगै नेपाल आयल निगमले पनि एलपी ग्यास सिलिन्डर बिक्री गर्न थालेको छ ।
साना डिपो व्यापारीहरुले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएसँगै उपभोक्ताको सहजताका लागि निगमले पनि टेकु कार्यालयबाट एलपी ग्यास बिक्री सुरु गरेको हो ।
बजारमा केही अभाव देखिएका ग्यास कम्पनीहरु (नेपाल ग्यास र एभरेष्ट ग्यास) सिलिन्डरहरु टेकु कार्यालयबाट बिक्री वितरण सुरु गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।। उनका अनुसार, निगमको प्रत्यक्ष निगरानीमा बजारमा अभाव देखिएका ग्यासहरुको बिक्री तिवरण सुरु गरिएको हो ।
दैनिक बजारको माग हेरेर वितरणको थप योजना बनाउने निगमले जनाएको छ । सामान्य अवस्थामा देशभर दैनिक १ लाख सिलिन्डरको माग हुने गरेको छ । तर, अहिले बजारमा अभाव हुने हल्ला चलेपछि माग बढेर २ लाखभन्दा बढी पुगेको बताइएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै