काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज पनि स्थगित भएको छ ।
सभापतिज्यूको अर्को बैठकमा सहभागी हुनुपर्ने भएकोले स्थगित भएको समिति सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।
बिहान ११ बजे बस्ने गरी तय भएको समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो । तर, बैठक नै स्थगित हुन पुगेको छ ।
यसअघि यही साउन ११ गते बस्ने गरी तय भएको यो समितिको बैठक स्थगित भएको थियो ।
त्यसदिन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल काठमाडौँ बाहिर जानुपर्ने भएकोले बैठक स्थगित भएको भनेर समिति सचिवालयले सूचना निकालेको थियो ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची थियो । यो कार्यसूचीमा फेरि छलफल गर्ने गरी समितिको बैठक बस्न सकेको छैन ।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने