काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।
बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । के-के हो माग ? २०७५, २०७८,२०८० र २०८१–०८२ सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।
२०८२ वैशाख १७ गते मन्त्रिपरिषद्बाट पारित भएका ९ बुँदा समेत अझै कार्यान्वयन नभएको महासंघले जनाएको छ । ९ बुँदा कार्यान्वयन गर्न महासंघले माग गरेको छ ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयक सहमति अनुसार नभएको महासंघको ठहर छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै