“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”



ललितपुर । बागमती गाउँपालिकामा १० दिने बालमैत्री विद्यालय तथा सामग्री निर्माण तालिम तथा प्रारम्भिक बाल बिकासका शिक्षकहरुलाई १०-दिने तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र, धुलिखेल (काभ्रेपलाञ्चोक) र बागमती गाउँपालिकाको समन्वय तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिका–स्थित कालीदेवी माध्यमिक विद्यालय, प्युटारमा वैशाख ७ गतेदेखि सुरु भएको तालिममा वडा नं. ४, ६ र ७ का २० वटा विद्यालयबाट करिब १५० जना शिक्षकहरूको सहभागिता रहेको इन्टेन्ट परियोजना संयोजक ऋषिकेश आचार्यले जानकारी दिए ।

विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई बालमैत्री बनाउँदै कक्षाकोठा व्यवस्थापनलाई प्रभावकारी र सक्रिय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए।

समापन समारोहमा गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै यसको संयुक्त अनुगमन गरिने जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत लोकगिरी थापाले तालिमले जनशक्तिलाई अद्यावधिक गर्न सहयोग पुर्‍याउने भएकाले यसको महत्त्व रहेको बताए।

वडा नं. ४ का वडाध्यक्ष रामबहादुर लामा, वडा नं. ६ का वडाध्यक्ष नारायण बोम्जन र वडा नं. ७ का वडाध्यक्ष होमनाथ बजगाईंले तालिमबाट प्राप्त ज्ञानलाई विद्यार्थीहरूको सिकाइसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

नेदरल्याण्डको Woord en Daad को आर्थिक सहयोग तथा गाउँपालिकासँगको सहकार्यमा विगत तीन वर्षदेखि INTENT परियोजना सञ्चालन हुँदै आएको छ। पहिलो चरणमा वडा नं. १, २, ३ र ५ का विद्यालयहरूमा कार्यक्रम सम्पन्न भइसकेका छन् भने बाँकी वडाहरूमा दोस्रो चरणका कार्यक्रम सुरु हुने जनाइएको छ।

केही तस्विरहरुः

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.