काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने बताएकी छन् । सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताएकी हुन् ।
राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् ।
उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् । हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने बताइन् ।
उनले भनिन्, ‘सरकारले जसरी पनि निर्वाचन गराउँछ । कहीँ रोकियो भने दोस्रो चरणमा गराउँछ । थोरै ठाउँ भएकोमा त साधनको प्रयोग पनि हुनसक्छ । साधनको प्रयाग गरेर पनि मान्छेलाई ओसारेर पनि गरौँला । तर निर्वाचन जसरी पनि हुन्छ । यो इमरजेन्सी जस्तो हो । जसरी पनि निर्वाचन गराउनुपर्छ । निर्वाचन गराउँदा जनताले मत दिने हो नयाँ प्रतिनिधि आउने हो । उनीहरुले देश चलाउने हो । चुनाव सर्दैन, किन सार्नु र ? ३१-३२ अर्ब खर्च हुन्छ, यो बेलामा ।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको बताइन् । उनले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै