काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी मुद्दामा धरौटीमा छाड्न आदेश दिएर गुन लगाएका न्यायाधीश वासुदेव आचार्यले विशेष अदालत अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन्।
न्याय परिषदको विहिबारको बैठकको निर्णयअनुसार आचार्यलाई अध्यक्षमा तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको हो। अब मन्त्रिपरिषदले पदस्थापनको निर्णय गर्ने छ।
यसअघि आचार्य उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत थिए। बुटवलमा हुँदा उनी र अर्का न्यायाधीश तेजनारायण पौडेलको इजलासले २०८२ पुस ३ गते सुनुवाइ गर्दै सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा धरौटी राखेर छाड्न आदेश दिएको थियो।
इजलासले बैंक ग्यारेन्टी २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो रकम सुरक्षित गर्ने र बिगो बमोजिमको धरौटी रकम बुझाएर छाड्न आदेश दिएको थियो। उक्त आदेश पछि रवि लामिछाने पुर्पक्षका लागि थुना बाहिर छन्।
सुप्रिम सहकारीमा चार जना व्यक्तिहरूलाई १० करोड १९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको थियो। लामिछानेको भागमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका थिए।
न्यायाधीश आचार्य २०८१ भदौमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरूवा भएका थिए।
बुटवल इजलासबाट न्यायाधीश आचार्य गत जेठ ४ गतेदेखि सर्वोच्च अदालतमा काजमा थिए।
विशेष अदालतको अध्यक्षबाट सरूवा गरिपाऊँ भन्दै न्यायाधीश सुर्दशनदेव भट्टले प्रधानन्यायाधीश तथा परिषदका अध्यक्ष मनोजकुमार शर्मासमक्ष निवेदन दिएकाले सरूवा गरिएको निमित्त सचिव रामप्रसाद भट्टराईले बताएका छन्।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश भट्टलाई उच्च अदालत सुर्खेतमा सरूवा गरेर आचार्यलाई अहिले विशेष अदालतको जिम्मेवारी दिइएको हो। विशेष अदालतमा भ्रष्टाचार, सम्पति सुदृढीकरण लगायतका विशेष प्रकृतिका मुद्धाहरु हेर्ने गरिन्छ ।



सम्वन्धित समाचार
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन