काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ ।
सो टोलीमा सादा पोशाकामा प्रहरीसमेत खटिएको र उनीहरूले पनि मत मागेको उजुरी आयोगमा परेको हो । उजुरी कर्ताले आयोगमा सविना र टोलीका अन्य सदस्यले मत माग्दै गरेको श्रव्यदृष्य सामग्री आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार ‘सादा पोशाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री’ प्राप्त भएको छ । यसपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेखेर बालेनको श्रीमती सविनासँग सादा पोशाकका प्रहरी खटिए–नखटिएकोबारे सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा निर्वाचन क्षेत्र नम्बर–५ का मतदाताको घरदैलो गरेकी थिइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले मतदाताहरूसँग बालेनका लागि मत मागेका थिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै