ताप्लेजुङ। रीड नेपालको आयोजना र फक्ताङलुङ गाउँपालिकाको समन्वय र सहकार्यमा फक्ताङलुङ गाउँपालिकाको सिँवा माविमा १५४ जना शिक्षकका लागि शैक्षिक तथा शिक्षण सिकाइ ७ दिने तालिम सुरु भएको छ ।
विहीबारदेखि सुरु भएको तालिम सिंवामा अवस्थित सिंवा माध्यमिक विद्यालयमा सात दिनसम्म चल्नेछ । फक्ताङलुङ गाउँपालिकाका वडा न. १ सावादिन, वडा २ खेजेनिम र वडा ३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको रीड नेपालका जिल्ला प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो।
फक्ताङलुङ गाउँपालिकाका तीनवटा वडामा रीड नेपालको कार्यक्षेत्र बिस्तार हुँदा कार्यक्षेत्रका शिक्षकहरूका लागि पहिलो पटक यस्तो तालिमको आयोजना गरिएको रीड नेपालका शिक्षा विकास अधिकृत अमृता थलङले जानकारी दिनुभयो ।

कार्यक्षेत्र बिस्तार हुनुभन्दा अघि रीड नेपालले फक्ताङलुङ गाउँपालिकाको वडा – ४ इखाबु, वडा -५ तापेथोक, वडा -६ लेलेप र वडा -७ ओलाङचुङगोलाका साथै सिरिजङ्गा गाउँपालिकाको वडा – ८ याम्फुदिन, वडा-७ खेवाङ र वडा -६ मामाङ्खेका विद्यालयहरूमा काम गर्दैआएको छ।
हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरेर रीड नेपालले ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका विद्यालयमा सीप विकास, पूर्वाधार विकास र दक्षता विकासका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै संस्थाले लगनशील र उत्कृस्ट विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ ।



सम्वन्धित समाचार
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै