काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा सहित हिमपात भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुगे पनि जति पूर्व गयो त्यति कम प्रभाव छ ।
विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका जिल्लाहरुमा हल्का पानी पर्न सुरु गरेको थियो । रातिदेखि पानीको मात्रा र क्षेत्र दुवै बढेको थियो ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डडेलधुरामा २९.६ मिलिमिटर वर्षा भएको छ । पछिल्लो एक घण्टा यता भने सुदूरपश्चिममा कम र कर्णाली र लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको छ ।
विभागका वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।
‘मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा मध्यम खालको हिमपात हुनेछ’ उनले भने । काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का पानी पर्ने पूर्वानुमान छ ।
उनका अनुसार आजै साँझबाट बादल हट्ने र मौसममा सुधार हुनेछ ।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने