काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ ।
गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो ।
आईपीएलको परिमार्जित तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच लखनउमा हुनेछ ।
यसैगरी आईपीएलले भनेको छ, ‘बाँकी कुल १७ खेल ६ स्थानमा खेलिनेछन् । बाँकी खेल १७ मे २०२५ बाट सुरु भएर ३ जुन २०२५ मा फाइनलसँगै समाप्त हुनेछन् । नयाँ तालिकामा समावेश डबल–हेडर खेल आइतबारको दिन खेलाइने छ ।’




सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै