प्रकाश थापाको “सम्झना आँउन्छ की कै लै” नामक गीत सार्वजनिक ( भिडियो सहित)



मिन बहादुर खड्का काठमाडौं : कोकिल कण्ठी स्वरका धनी प्रकाश थापाको नयाँ गीत “लै लै सम्झना आँउन्छ की कै लै” बजारमा सार्वजनिक भएको छ । निरन्तर नेपाली सांगीतिक बजारमा एकपछी अर्को उत्कृष्ट सांगीतिक प्रस्तुति दर्शकहरुका लागि पस्कदै आएका थापाको नयाँ गीत शुक्रबार सार्वजनिक भएको हो।

गीत थापाकै प्रकाश थापा नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीत स्वरमा थापालाई पछिल्लो समयमा छोटो समयमा चर्चा कमाउन सफल गायीका लक्ष्मी नेपालीले साथ दिएकी छन् । गीतको शब्द रचना साहित्यका एवम् गीतकार राजेन्द्र शाह बिपी र थापा स्वयमले गरेका छन् भने गीतमा लय पनि थापाकै रहेको छ । गीतको एरेन्ज एरेन्जर दिपक संगम बिसीले गरेका हुन् भने गीतको निर्देशक भिम थापा हुन् ।

जहित बुढाले छायांकन गरेको गीतमा अभिनय थापाकै पत्नी इश्वरी बडुवाल/ थापा, राजकुमार सिंह, गंगा रावल /रोकायाको रहेको छ । नेपाली गीत सांगीतिक क्षेत्रमा लामो अनुभव बटुलीसकेका कलाकारहरुको साझेदारीमा बनेको यो गीत यस अघिका गीतहरु भन्दा राम्रो बनेको र दर्शकहरुले पनि धेरै माया गर्ने अपेक्षा गायक थापाको छ। दर्शकहरुलाई यस अघिका गीतहरु सुनेर अपार माया गरे जस्तै यो गीत पनि सुन्न अनि हेर्न थापाको अपिल छ ।

यो गीतबाट थप धेरै दर्शकहरुको माया पाउने अपेक्षा लिएको गायक थापा बताउन्छन्। यता गायीका लक्ष्मी नेपाली पहिलो पटक प्राकश थापा संग गीत गाउँन पाउनु आफ्नालाई सौभाग्य भएको बताउदै यो गीत आफ्नो सांगीतीको जीवनकै एक सुत्रधार हुने सुनाउन्छिन् ।

गीतको छायांकन मार्फत बाजुराको मौलिकता झल्काईएको छ । बाजुराको संस्कृति, रितिरिवाज, पहिरनलाई गीतको छायांकन मार्फत चित्रण गर्न खोजिएको छ । बाजुराको कला संस्कृतिको जगेर्नाका लागि दर्जनौं संस्कृति प्रदान गीतहरु बजारमा यस अघि पनि थापाले सार्वजनिक गरिसकेका छन् । यो गीत मार्फत प्रेम सम्बन्ध नजिक हुँदा पनि टाढा हुँदा पनि सधैं एकनासो हुन्छ भन्ने कुरालाई चरितार्थ गरिएको छ । बिद्यालय उमेरमा संगै पढेका केट र केटी बीच प्रेम सम्बन्ध हुन्छ। प्रेम सम्बन्ध पछि उनीहरूले बिद्यालय उमेर संगै बिद्यालय जान्छन्, संगै हाँस्ने खेल्ने गरि बिताउन्छन् ।

जब उनीहरू माध्यामिक शिक्षा परिक्षा उतिर्ण हुन्छन् त्यसपछि केटाकेटी टाढा हुन बाध्य हुन्छन् । केटा शहरको बिद्यालय पढ्न जान्छन् । प्रेमीका गाउँकै बिद्यालय समेत पढ्न पाउदैनन् । वर्षौंदेखीको प्रेम सम्बन्धबाट टाढा हुँदा अतितहरु प्रेमीकाले गाउँबाट प्रेमीले एक अर्कालाई सम्झिन्छन् । बिगत स्मरण गर्दै उनीहरूले गीतको शब्द मार्फत आफ्ना बिनौना पोख्छन्। गीत मार्फत सुदूरपश्चिमका बिकट जिल्लामा अझै पनि छोरीलाई पढाउन हुन्न भन्ने परम्परागत गलत मानसिकतालाई पनि दर्शाउन खोजिएको छ । जुन अहिले धेरै कम भैसकेको छ ।

कर्णप्रीय आवाज भएका थापा स्वरका मात्रै धनी छैनन् उनी बहुप्रतिभाका धनी हुन् । गीतका स्वर मात्रै दिदैनन् धेरै गीतमा उनको आफ्नै लय र शब्द समेत भएका दर्जनौं गीत बजारमा छन् । पेशाले शिक्षक थापा गीत संगीतमा पनि त्यत्तिकै सक्रिय छन् । फुर्सद मिलाएर गीत गाउने थापा कलाकारितालाई नै दैनिकी बनाएका अन्य गायकहरु भन्दा अब्बल र सबैले रुचाएका गायक हुन् ।

सुदुरपश्चिमको देउडा गितका राजा भनेर चिनिने थापा सुदुरको सान बाजुराको पहिचान हुन् । गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् । पछिल्लो समयमा थापाले देउडा ठाडी भाका मात्रै होईन अन्य बिधाका गीतहरुमा पनि थापाले आवाज दिएका छन् । थापाले गायका गितहरु नसुन्ने बिरलै होलान् ।

२०५७ सालबाट सुदुरपश्चिम् बिकटै भएनी सम्झना छ मै मरी गएनी नामक देउडा गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले आफ्नो दुई दशक भन्दा लामो सांगीतिक यात्रामा करिब ७०० बढी गीतहरुमा आवाज दिसकेका छन् । “मान्छेको परानी करकली पातको पानी, आगो सल्किगयो, गंगीका किनार, पहेंली धानका बाला शिबरात्री मेला, बासनपुरी धान, सेती महाकाली”लगायतका थुप्रै गीतहरु गाएर तत्कालीन समयमा चर्चा बटुलेका थापा हाल सम्म पनि उत्तिकै चर्चा कमाउन सफल छन् ।

पेशाले शिक्षक समेत रहेका थापाको गीत संगीत क्षेत्र प्रतिको लगाव पनि कहिले कम भएन । बरु आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेका थापाका पछिल्लो समयमा बिरशपती तारा, बाजुरा बैकुण्ठ रैछ, रुन्या मन बुझाई जा, लगायतका गितहरु चर्चामा छन् ।

रेल गाडी लेट भया नामक देउडा गीत पनि यतिबेला सबैको रोजाईमा परेको गीत सर्वाधिक बजारमा छ । यो गीतले पनि उत्तिकै चर्चा पाएको छ । उनको केही समय अगाडी सार्वजनिक भएको तारा मदुराई छन् नामक गीतले पनि निकै चर्चा पाएको थियो ।

यस्तो छ भिडियो हेर्नुहोस्: 

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.