काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा रिहा भएका छन्। उपाध्यक्ष पौडेल साउन २८ गतेको तारेख लिएर समेत लिएका छन् ।
शुक्रबार विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको थियो।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
‘विष्णुप्रसाद पौडेलको सम्बन्ध, संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरूबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दिपक भट्टको वित्तिय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेत अवस्था हुँदा उल्लिखित प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को ९ग०को अवस्था विद्यमान रहेको देखियो,’ आदेशमा भनिएको छ।
उक्त दफाले कुनै पक्षलाई तारेखमा राखी पुर्पक्ष गर्ने वा आवश्यक परेका बदत झिकाउने वा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने उल्लेख छ।
यसरी पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी साधारण तारेखमा राख्न आदेश दिएको हो।
यो पनिस् विष्णु पौडेलको इन्कारी बयान, भने( दिपक भट्टको कम्पनीलाई सेयर दिलाएको आरोप झुट



सम्वन्धित समाचार
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
अमेरिकामा विदेशी विद्यार्थीहरुमाथि थप कडाई
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”