काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए ।
त्यस्तै उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए ।
जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा छन् ।
उनी साउन २६ गते साँझ नेपाल फर्किने उनीनिकटका नेताहरूले जानकारी दिएका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै