लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था



काठमाडौं — कानुनी शिक्षामा निरन्तर उन्नति र उत्कृष्टता कायम गर्दै आएको लेक्स नेपाल इन्स्टिच्युट अफ लले ३३ औँ अधिवक्ता तहको परीक्षामा सफल भएका कानुन व्यवसायीलाई सम्मान गरेको छ। शनिबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित विशेष समारोहमार्फत संस्थाले आफ्नो १० वर्षीय यात्रासँगै कानुनी पेशामा प्रवेश गर्ने नयाँ पुस्तालाई सम्मानपत्र प्रदान गरेको हो।

नेपाल कानुन व्यवसायी परिषद्ले सञ्चालन गरेको ३३ औँ अधिवक्ता तयारी परीक्षामा लेक्स नेपालको माध्यमबाट साढे ९ सयभन्दा बढी विद्यार्थी सफल भएको संस्थाले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेक्स नेपालका प्रबन्ध निर्देशक अधिवक्ता यज्ञराज पाण्डेले संस्थाको उपलब्धिले कानुनी शिक्षामा नयाँ मापदण्ड स्थापित गरेको बताए।उनले भने, “३१ औँ बार परीक्षादेखि सुरु भएको हाम्रो यात्रा लगातार उपलब्धिले भरिएको छ । ३१ औँ मा साढे छ सय विद्यार्थी पास टप १० मा ८ जना, ३२ औँ मा साढे नौ सय जना पास र ३४ औँ मा पनि साढे नौ सय जना पास  ३२ औँमा टप १० जनामा ७ जना र ३३ औँ मा टप १० भित्र २३ जना परेकोमा १९ जना लेक्स नेपालका प्रशिक्षार्थीहरु पर्न सफल हुनुभएकाे छ। यो संस्थाको मात्र होइन, सबैको संयुक्त उपलब्धि हो।” पाण्डेले लेक्स नेपाललाई ‘सिक्ने–सिकाउनेहरूको साझा प्लेटफर्म’ को रूपमा उपयोग गर्न आग्रह गर्दै आगामी दिनमा अझ बढी जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल बार एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदार कोईरालाले बदलिँदो समयअनुसार कानुन व्यवसायीले डिजिटल दक्षता अनिवार्य रूपमा आत्मसात् गर्नुपर्नेमा जोर दिए। उनले भने, “कानुन व्यवसाय प्रविधिमैत्री नहुने हो भने प्रतिस्पर्धामा टिक्न कठिन हुन्छ। आचारसंहिता, व्यवहारिक ज्ञान, सूचना प्रविधिको प्रभावकारी उपयोग र इमानदारी— यी नै पेशाका आधारस्तम्भ हुन्।” उनका अनुसार पछिल्लो समयमा कानुनी क्षेत्रमा केही चुनौतीपूर्ण अवस्था देखिएको भए पनि, एकता र सामूहिक प्रतिबद्धताले मात्र पेशालाई बलियो बनाउन सकिन्छ।
उच्च अदालत बार एशोसिएसन पाटनका अध्यक्ष अधिवक्ता विदुर ढुंगानाले नयाँ पुस्ताका व्यवसायीसँग सहकार्य गर्दै उनीहरूको पेशागत यात्रालाई सहज बनाउन बार संस्थाहरू सधैँ तत्पर रहेको बताए। “देशभरका ९० वटा बार इकाइहरूले जुनसुकै ठाउँबाट पनि सदस्यता लिन सहज वातावरण बनाएका छन्। लेक्स नेपालले उत्पादन गरेका कानुन व्यवसायीहरू आगामी यात्रामा अब्बल हुनेमा हामी विश्वस्त छौँ,” उनले भने।

त्यसैगरी, नेपाल बार एसोसिएसनका पूर्व महासचिव वरिष्ठ अधिवक्ता लिलामणि पौडेलले कानुन व्यवसाय अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण पेशा भएकाले सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राखे। उनले भने, “हकदाबी, हदम्याद, क्षेत्राधिकारजस्ता कानुनी अवधारणामा स्पष्टता नहुँदा पेशागत दक्षता हासिल हुन सक्दैन। हरेक वर्ष १ हजारजति कानुन व्यवसायी उत्पादन भए पनि काम पाउनका लागि क्षमता र विश्वासिलो सेवा देखाउनैपर्छ।”

कार्यक्रमका प्रमुख अतिथि पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता अग्नि खरेलले कानुन व्यवसाय केवल पेसा नभई सामाजिक उत्तरदायित्वसहितको सेवा हो भन्नेमा जोड दिए। उनले भने, “अधिवक्ता बन्ने व्यक्ति कानुनी विज्ञता, उच्च नैतिकता र सत्यनिष्ठाबाट सम्पन्न हुनुपर्छ। तपाईं कस्तो अधिवक्ता बन्नुहुन्छ भन्ने कुरा तपाईंको व्यवहार, अध्ययन र आचरणले नै निर्धारण गर्छ।” त्यसैगरी, वरिष्ठ अधिवक्ता रामबहादुर खड्काले देशभर दर्ता भएका ३ लाख ५० हजारभन्दा बढी कम्पनीका कारण कानुनी सेवा र परामर्शका विशाल अवसर देखिएको बताए।

कार्यक्रमको समापन गर्दै लेक्स नेपालका अध्यक्ष वसन्त जोशीले संस्थालाई कानुनी शिक्षाको सारथीका रूपमा परिचित गराउँदै नवाेदित कानुन व्यवसायीहरूलाई सफल भविष्यका लागि शुभकामना दिए। उनले भने, “इमानदारी, अनुशासन र निरन्तर अध्ययन— यी नै गुणहरूले कानुन व्यवसायलाई मर्यादित, विश्वसनीय र प्रभावकारी बनाउँछन्।”

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.