च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन



कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू च्याउ खोज्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।

 

बेपत्ता हुनेहरुमा दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिँडेका थिए । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.