काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ ।
डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन भने गर्नैपर्ने अवस्थामा गरिएको हो । चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा आएका छन् ।
ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । नन्दनले नेपालका लागि डेब्यू गर्ने भएका छन् । यसअघि एकपटक टिममा परेपनि मौका पाएका थिएनन् । उनले केही समयअघि हङकङ टी२०आई शृंखलामार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।
नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।
नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै