काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ ।
डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन भने गर्नैपर्ने अवस्थामा गरिएको हो । चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा आएका छन् ।
ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । नन्दनले नेपालका लागि डेब्यू गर्ने भएका छन् । यसअघि एकपटक टिममा परेपनि मौका पाएका थिएनन् । उनले केही समयअघि हङकङ टी२०आई शृंखलामार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।
नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।
नेपालको सुरुवाती ११ : कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च