काठमाडौं–सेयर बजार पसिसूचक नेप्से ९ दशमलव ४४ अंक बढेर २ हजार ८५ विन्दुमा उक्लिएको छ ।
अघिल्लो कारोबार दिनको अन्तिम समयमा बढेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ ।
अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा मंगलबार ३१५ स्टकको ६६ हजार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने २ उपसमूहको सूचक घटेको छ । समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे
प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
सुनको भाउ ३ लाख माथि नाघ्यो
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि