डिआइजी चन्दले किन लिए राजीनामा फिर्ता ?



काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआइजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् ।

चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र फिर्ता लिएका हुन् ।

व्यक्तिगत कारणले भन्दै चन्दले गत शुक्रबार राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो।

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए। प्छिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमनका अधिकृत र प्रहरीबीच भएको विवादपछि डिआइजी चन्दले राजीनामा दिएका थिए। अध्यागमन विभागले भन्सारको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई सुम्पिएसँगै प्रहरी र अध्यागमनबीच वैमनस्यता बढेको थियो ।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.