काठमाडौं-अर्घाखाँचीको ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ्ग थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा भूमिकास्थान–२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाका डेमकला बेल्वासेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पणेना–१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएका छन । घाइते दुवैजनालाई उपचारका लागि सन्धिखर्क पठाएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे
प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
सुनको भाउ ३ लाख माथि नाघ्यो
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि