काठमाडौँ -धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘यस अघि काठमाडौँ टावर ९साबिक पुरानो बसपार्क० मा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ ।’
पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।
गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।
संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्याइयो, आजै काठमाडौं ल्याइने
रविलाई अदालतमा उपस्थित गराइँदै
उपमेयरसँग लफडा गर्ने प्रशासकीय अधिकृत पक्राउ
पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित भाटभटेनीका सुरक्षा गार्ड पुरस्कृत: