काठमाडौं । प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयलाई केन्द्रित बनाएर कांग्रेस एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा पेचिलो बनेको बीआरआईको विषयमा सत्तारुढ दलले समान धारणा बनाएका छन्। त्यसका लागि कार्यदल नै बनाइएको थियो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा सहभागी थिए । कार्यदलले बीआरआई ऋण नभइ अनुदानमा पहल गर्ने समझदारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, एमालेका उपमहासचिव समेत रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यदलको तर्फबाट बीआरआईबारे भएको समझदारीको बारेमा जानकारी गराइएको थियो ।
आजै मात्रै प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सकेर परराष्ट्रमन्त्री आरजु राणा चीनबाट फर्किइन् ।



सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे