काठमाडौं । प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयलाई केन्द्रित बनाएर कांग्रेस एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा पेचिलो बनेको बीआरआईको विषयमा सत्तारुढ दलले समान धारणा बनाएका छन्। त्यसका लागि कार्यदल नै बनाइएको थियो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा सहभागी थिए । कार्यदलले बीआरआई ऋण नभइ अनुदानमा पहल गर्ने समझदारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, एमालेका उपमहासचिव समेत रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यदलको तर्फबाट बीआरआईबारे भएको समझदारीको बारेमा जानकारी गराइएको थियो ।
आजै मात्रै प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सकेर परराष्ट्रमन्त्री आरजु राणा चीनबाट फर्किइन् ।



सम्वन्धित समाचार
सुनको भाउ ३ लाख माथि नाघ्यो
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने