काठमाडौं- यति बेला नेपालीहरुको घर आगनमा बडा दसैंको रौनक र हर्षाैउल्लासका छाइरहेको छ । तर सुदूरपश्चिमका कैलालीकी लक्ष्मी बोगटी कुँवर र बाजुराकी रीता शाही दसैको जस्तो महान चाडको प्रवाह नगर्दै यति बेला काभ्रे जिल्लाका बाढी पीडितहरुलाई मलमपट्टी लगाउनमा व्यस्त हुनुहुन्छ ।
स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरुको सहयोग जुटाउँदै बोगटी र शाही बाढी,पहिरोबाट घरबार विहिन भएका र वेसाहाराहरुलाई राहत वितरण गरिरहनु भएको छ ।
काभ्रेपल्चालन्चोक जिल्ला नवोवुद्ध नगपालिका नगरपालिका वडा नम्बर १का मृतक परिवारलाई किरिया खर्चसहित नगदसहित एक सय बढी, वडा नम्बर ८ का ६० जना र वडा नम्बर ११ का ७३ पीडित परिवारलाई राहत वितरण गर्नु भएको हो ।
बाढी पीडितहरुलाई राहत स्वरुप, खाद्यान्न,डस्ना,भाँडाकुँडा, त्रिपाल,पिफर्म लगायतका सामग्री वितरण गरिएको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवरले बताउनु भयो । दसैं तिहारको समयमा पनि दाताहरुको सहयोगमा लाखौंको राहत सामग्री वितरण गरिएको अभियान्ता रीता शाहीले बताउनु भयो ।
सुदूपश्चिमबाट आएर पनि दुख,पीडामा मलमपट्टी लगाएको भन्दै पीडितहरुले धन्यवादका साथ खुसी व्यक्त गर्नु भएको छ ।



सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा