काठमाडौं- यति बेला नेपालीहरुको घर आगनमा बडा दसैंको रौनक र हर्षाैउल्लासका छाइरहेको छ । तर सुदूरपश्चिमका कैलालीकी लक्ष्मी बोगटी कुँवर र बाजुराकी रीता शाही दसैको जस्तो महान चाडको प्रवाह नगर्दै यति बेला काभ्रे जिल्लाका बाढी पीडितहरुलाई मलमपट्टी लगाउनमा व्यस्त हुनुहुन्छ ।
स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरुको सहयोग जुटाउँदै बोगटी र शाही बाढी,पहिरोबाट घरबार विहिन भएका र वेसाहाराहरुलाई राहत वितरण गरिरहनु भएको छ ।
काभ्रेपल्चालन्चोक जिल्ला नवोवुद्ध नगपालिका नगरपालिका वडा नम्बर १का मृतक परिवारलाई किरिया खर्चसहित नगदसहित एक सय बढी, वडा नम्बर ८ का ६० जना र वडा नम्बर ११ का ७३ पीडित परिवारलाई राहत वितरण गर्नु भएको हो ।
बाढी पीडितहरुलाई राहत स्वरुप, खाद्यान्न,डस्ना,भाँडाकुँडा, त्रिपाल,पिफर्म लगायतका सामग्री वितरण गरिएको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवरले बताउनु भयो । दसैं तिहारको समयमा पनि दाताहरुको सहयोगमा लाखौंको राहत सामग्री वितरण गरिएको अभियान्ता रीता शाहीले बताउनु भयो ।
सुदूपश्चिमबाट आएर पनि दुख,पीडामा मलमपट्टी लगाएको भन्दै पीडितहरुले धन्यवादका साथ खुसी व्यक्त गर्नु भएको छ ।



सम्वन्धित समाचार
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
शिक्षामन्त्री पुनद्वारा राजीनामा
अन्तिम समयमा पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल: रास्वपाबाट निर्वाचन लड्दै
सूर्य चिन्ह जिताउन लागौँ, समीक्षा चुनावपछि गरौँला: योगेश भट्टराई