एजेन्सी । गत शुक्रवार जोर्डनमा भएको इरानी बलिस्टिक क्षेप्यास्त्र र ड्रोन हमलामा दुई अमेरिकी सैनिक मारिनुका साथै एक जना अझै बेपत्ता रहेको सैन्य अधिकारीहरूले बताएका छन्।
यूएस सेन्ट्रल कमाण्ड (सेन्टकम)ले चारजना अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा सारिएको जनाएको र उनीहरू डिस्चार्ज भइसकेको जनाएको छ। सामान्य चोटपटक लागेका अन्य जिम्मेवारीमा फर्किएका छन्।
अमेरिकी सैन्य अधिकारीहरूले मारिएका सैनिकहरूको पहिचान खुलाएका छैनन्। उक्त घटनाको परिस्थिति वा स्थानको बारेमा विवरण दिएका छैनन्।
राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा शनिवार राति अमेरिकाले इरानविरुद्ध हवाई आक्रमणको नयाँ चरण सुरु गरेको सेन्टकमले जनाएको छ।
लगातार आठौँ रातका आक्रमणहरू होर्मुजको जलमार्गमा व्यावसायिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई अझ कमजोर पार्न तय गरिएको सेन्टकमको विज्ञप्तिमा जनाइएको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै