काठमाडौं । खोटाङमा गए राति परेको अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४, बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आफन्तको घर गएकी शान्ता राई समयमै घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी खोलामा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियार बेपत्ता भएका थिए। खोजतलासका क्रममा उनको शव घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
दुवै शवको पोस्टमार्टम प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै