२८ भदौ, कञ्चन, रुपन्देही । ६० औँ बाल दिवसको अवसरमा “बालबालिकामा लगानीः सुनिश्चित भविश्यको थालनी” भन्ने नाराका साथ रुपन्देहीको कञ्चन गाउँपालिकामा बाल क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका १९ सामुदायिक विद्यालयमा बाल क्लबको आयोजनामा चित्रकला तथा वक्तित्वकला कार्यक्रम गरी मनाइएको थियो ।
भदौ २९ गते राष्ट्रिय स्तरमा मनाइने बाल दिवसको अवसर पारेर २८ गते विद्यालयमै रहेको बाल क्लबले उक्त कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयको बालक्लबहरुको आयोजना, कञ्चन गाउँपालिकाको समन्वय र सिकाइ प्रवर्धन परियोजनाको प्रायोजनमा आधारभूत तहमा “सफा, सुन्दर र हरित विद्यालय” शीर्षकमा चित्रकला प्रतियोगिता र माध्यमिक तहमा “बालबालिकामा लगानीः सुनिश्चित भविश्यको थालनी” शीर्षकमा वक्तित्वकला आयोजना गरिएको थियो ।

कार्यक्रम बालक्लबले सञ्चालन गरेका थियो । माध्यमिक र आधारभूत तहका विद्यार्थीहरु सकृय सहभागी भएका थिए । विद्यालय तह गरिएको कार्यक्रममा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुनेलाइ पुरस्कार वितरण गरिएको थियो ।
कञ्चन गाउँपालिका संगको सहकार्यमा सिकाइ प्रवर्धन परियोजना अन्तर्गत रिड नेपाल, ग्रिन तारा नेपाल र एडवानले संयुक्त रुपमा शिक्षकको क्षमता विकास, विद्यालय सहयोग, विद्यालय छाडेका वालिकाहरुलाइ पुनः भर्ना तथा वालिकाको आमाहरुलाइ जिविकोपार्जन मार्फत सक्षम बनाउने जस्ता काम गरिरहेको परियोजना प्रबन्धक कपिल प्रसाद पुरीले बाताउनु भयो ।
सिकाइ प्रवर्धन परियोजनाले विद्यालय छाडेका वालिकाहरुलाइ पुनः भर्ना तथा वालिकाको आमाहरुलाइ जिविकोपार्जनमा सक्षम बानाउने तालिमहरु प्रधान गर्दै आइरहेको छ ।



सम्वन्धित समाचार
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत