काठमाडौँ : महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष किसान रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार काठमाडौँको नयाँ बसपार्क बस्दै आएका किसानले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गर्दै सम्बन्ध स्थापित गर्थे । त्यसपछि भेटघाट गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध राख्थे ।किसानले गोप्यरुपमा शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिच्ने गरेको अनुसन्धानका क्रममा पाइएको उपरीक्षक रेग्मीको भनाई छ ।
त्यसपछि उक्त फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्थे । उनले महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य समेत पार्ने गरेका थिए ।उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधारमा किसानलाई गत जेठ १४ गते काठमाडौँको कोटेश्वरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।



सम्वन्धित समाचार
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’