पाल्पा । विद्यालय शिक्षा सुधारमा पाल्पाको रम्भा गाउँपालिकामा उदाहरणीय कार्य भएको छ । पालिकामा सञ्चालन भएको १० दिने शैक्षणिक सामग्री निर्माण र प्रयोग विषयक तालिमले कक्षा कोठाको रुपरङ, शिक्षकको शिक्षण कार्यशैलीमा आमुल परिवर्तन गरेको छ । तालिम उक्त पालिकाको ३६ वटा सामुदायिक विद्यालयका आधारभुत तहमा अध्यापनरत २३५ जना शिक्षकहरुलाई एकै पटक सञ्चालन गरेको थियो ।
प्राय: कक्षाकोठका भित्ताहरु रित्तो रहने अवस्थालाई चिर्दै न्यून मुल्य र स्थानीय स्तरमा उपलब्ध शैक्षिक सामग्रीहरुवाट विद्यालयका कक्षाकोठाहरुलाई सजिसजावट र उचीत प्रयोग गर्ने विषयमा शिक्षकहरु वीचमा होडवाजीनै चलेको छ । शिक्षक र विद्यार्थी दुवै वढि सक्रिय हुने, बोलाउदा पनि विद्यालय नआउने अभिभावक स्वत:स्फूर्त विद्यालय आउने, आफ्ना बालबच्चाको अवस्थाको वारेमा जानकारी लिने, विद्यालयका सानातिना समस्याहरुलाई अभिभावकले नै पुरागरिदिने परिपाटिको स्थापना पालिकाका सवै विद्यालयमा सुरुवात भएको छ । विद्यालयले उपलब्धि हासिल गर्न पालिकामा कार्यरत सिकाइ प्रवर्द्धन परियोजनाले मुख्य भुमिका निर्वाह गरेको सरोकारवालाहरुले वताउने गरेका छन् ।
उक्त विषयको समिक्षा मिति २०८१ बैशाख २६ गते सम्पन्न गरेको सिकाइ प्रवर्द्धन परियोजनाको सल्लाहकार समितिको बैठकमा भएको थियो । गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त बैठकको अध्यक्षता गाउँपालिकाका प्रमुख श्री विष्णु प्रसाद भण्डारीले गर्नुभएको थियो । बैठकमा पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, पालिकाका विभिन्न शाखाका प्रमुखहरु, कार्यपालिकाका सदस्यहरु, शिक्षा समितिका सदस्यहरु, प्रधानाध्यापक, महिला समुहका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
छोरी शिक्षा प्रवर्द्धनको उद्देश्यले संचालित सिकाइ प्रवर्द्धन परियोजनाले विद्यालयमा अध्ययनरत अतिविपन्न परिवारका छात्राहरुको आमाहरुलाई १५ वटा समुहमा आवद्ध गराइ आय-आर्जनका कार्यहरुमा संलग्न गर्दै आएको छ । पिपलटारी महिला कृषक समुहकी अध्यक्ष श्री विष्णु नेपालीले काँक्रा, घिरौंला, करेला जस्ता तरकारी विक्रि गरेर आफ्नो घरखर्चनै चल्ने गरेको र आगामी दिनमा एक सफल उद्यमी बन्ने लक्ष्य रहेको बताएकी छन् ।
उहाँले परियोजना यस क्षेत्रमा लागु भए देखि यो परियोजना गरिव महिलाहरुको साहारा बनेको समेत बताइन् । महिलाहरुलाई आय-आर्जनमा जोड्नको लागि बेमौसमी तरकारी खेती, लहरेवाली, बेसार खेती, प्लास्टिक टनेलमा टमाटर खेती, अकवरे खुर्सानी खेती जस्ता नगदेवाली उत्पादनमा परियोजनाले सहयोग गर्दै आएको छ। परियोजनाले सञ्चालन गरेको गरिमा सिकाइ केन्द्र मार्फत विद्यालयबाहिर रहेका १६ जना छात्राहरुको पढाइलाई समेत निरन्तरता दिएको छ ।
बैठकमा विद्यालयका प्र.अ हरुले विद्यालयको शैक्षिक अवस्था सुधारमा परियोजना एक कोसेढुङ्गा वनेको वताउनु भयो । बैठककमा गरिमा सिकाइ केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण प्रसाद रेग्मी, वडा नं ३ का अध्यक्ष श्री थम्मन गाहा, पालिकाका उपाध्यक्ष श्री राधाकुमारी श्रेष्ठले परियोजनाले रम्भा गाउँपालिकाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । बैठकको समापन गर्दै गाउँपालिकाका अध्यक्षले परियोजनाले पालिकाको लक्ष्य हासिल गर्नमा टेवा पुराउने विचार व्यक्त गर्दै परियोजनाका साझेदार संस्थाहरु र दातृ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सो बैठकमा परियोजनाका गतिविधिहरु, प्रगती विवरण र आगामी कार्यक्रमको विषयमा परियोजनाका प्रवन्धक श्री कपिल प्रसाद पुरीले प्रस्तुत गर्नुभएको थियो, भने कार्यक्रमको सञ्चालन परियोजनाका शिक्षा अधिकृत श्री कृष्ण कुवँरले गरेका थिए ।
उक्त परियोजना ग्रीन तारा नेपाल, दलित महिला उत्थान संघ नेपाल (एड्वान) र ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपाल को साझेदारी र करुणा डचल्याण्ड, करुणा ट्रष्ट र वि.एम.जेट जर्मनको आर्थिक सहयोगमा रुपन्देही जिल्लाको कञ्चन र पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा सञ्चालनमा रहेको छ ।
सम्वन्धित समाचार
गुमनाम पार्न खोजिएको १७ वर्षीय रेजिना नेपाली बलात्कार,हत्या प्रकरण : किन बोल्दैनन् दलित अधिकारकर्मी ? प्रहरी मौन
काठमाडौंको एक मम पसलमा ग्याँस सिलिण्डर विस्फोट,११ जना घाइते
२० वर्षदेखि भारतमा हराएका बाजुराका पुने धामी, छोराको बाटो कुर्दाकुर्दै अस्ताए बुवाआमा
गृहमन्त्रलायको प्रष्टिकरण, बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’
रवि लामिछानेसहित १४ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता
केपी ओली र म सँगै जेल बसेका हौं,अविश्वास गर्नुपर्ने कुरा छैनः ओली